मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो कारमा प्रयोग हुने एयरब्याग प्रविधि, कसरी गर्छ काम ?

काठमाडौँ– प्रायजसो मानिसहरूले गाडी खरिद गर्दा मूल्य, माइलेज र बनोटसँगै सुरक्षाको बारेमा समेत सोच्ने गर्दछन् । 

एक रिपोर्टका अनुसार गाडी खरिद गर्ने करिब ९९ प्रतिशत ग्राहकले यस्तो गाडीको सेफ्टी फिर्चसको बारेमा सोच्ने गर्दछन् ।

तर यसमध्ये कारमा हुनसक्ने दुर्घटनाबाट बच्न ड्राइभर र ड्राइभरसँगै सिटमा बस्ने यात्रुका लागि राखिएको एयरब्यागका बारेमा कतिपय मानिसलाई थाहा नहुन सक्छ । आज हामी तपाई एयरब्यागका बारेमा केही जानकारी दिँदै छौ । 

एयरब्याग भनेको हावा भरिएको एक प्रकारको जुन कार चालक सहित कारमा यात्रा गरिरहेका यात्रुको सुरक्षाको हिसाबले एकदमै महत्त्वपूर्ण मानिन्छ । कुनै पनि कारणले गर्दा कार दुर्घटनामा भएमा कारमा भएको एयरब्यागले धेरै क्षति हुनबाट जोगाउँछ ।

उच्च गतिको दुर्घटनामा सवार यात्रुका लागि अगाडितिर झुकेर टाउको ठोक्किने अथवा अन्य गम्भीर चोट लाग्न सक्ने सम्भावनालाई कम गर्नको एयरब्यागको अवधारणा विकास भएको हो । एयरब्याग कुसन जस्तो हुने हुँदा यसले टाउको र शरीरलाई उच्च गतिको दुर्घटनामा स्थिर राख्न मद्दत गर्छ । 

एयरब्यागले यसरी काम गर्छ :

एयरब्याग दुर्घटना हुने बित्तिकै फुल्छ र यात्रु सहित चालकलाई चोटपटक लाग्नबाट बचाउँछ । गाडीको दुर्घटना हुने बित्तिकै अगाडि भएको सेन्सरले प्रति माइक्रो सेकेन्ड प्रेसर काउन्ट गरेर आवश्यक भएको खण्डमा एयर ब्याग निकाल्छ ।

सेन्सरको सिग्नलपछि एयर ब्यागमा केमिकल रियाक्सन हुन्छ । जसले गर्दा नाइट्रोजन ग्यास एक सेकेण्डको दश गुणाभन्दा पनि कम समयमा भरिन्छ ।

त्यसपछि प्यासेन्जर त्यो एयर ब्यागमा ठोकिन्छन् र कम चोट लाग्छ । एयर ब्यागले गाडी दुर्घटना पर्दा खासगरि प्यासेन्जरको टाउको र घाँटीको सुरक्षाको लागि धेरै मद्दत गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?