काठमाडौँ– दक्षिण अफ्रिकामा जारी यू–१९ एक दिवसीय विश्वकप क्रीकेट अन्तर्गत गएरातीको खेलमा अष्ट्रेलिया विजयी भएको छ ।
योसँगै उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्ने भएका हुन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई १ विकेटले पराजित गर्दै अस्ट्रेलियाले भारतसंगको भेट पक्का गरेको हो ।
पाकिस्तानले दिएको १७९ रनको लक्ष्य अस्ट्रेलियाले ४९ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत फाइनल प्रवेश गरिसकेको थियो ।
यसअघि गत मंसिरमा भारतमा भएको एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा भएको थियो ।
फाइनलमा घरेलु टोलीलाई ६ विकेटले स्तब्ध पार्दै अस्ट्रेलियाले एक दिवसीय विश्वकपको उपाधि जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया