मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

काठमाडौँ- चर्चित रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका गायक प्रशेष पाण्डेले जितेका छन्। राजधानीमा शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन्।

फस्ट रनरअप कोच मेलिना राईको टिमबाट खोटाङका रोशन राई, सेकेन्ड रनरअप कोच राजु लामाको टिमबाट इलामका प्रमेश राई र थर्ड रनरअप कोच उदय सोताङको टिमबाट सिक्किमकी अर्पणा आचार्य बने।

विजेता पाण्डेले नगद २० लाख रुपैयाँ र थप दुई प्रायोजकबाट १/१ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन्।

फिनाले कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । विजेताले नगद २० लाख रुपैयाँसहित थप दुई प्रायोजकहरूबाट १/१ लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरे ।

उपाधि जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रशेष पाण्डेले भने, ‘यो जित फरक क्षमता भएका व्यक्तिहरूको जित हो । फरक क्षमता भएका व्यक्तिहरू पनि गायनमा उत्कृष्ट हुन सक्छन् भन्ने कुराको यो प्रमाण हो ।’

फिनाले कार्यक्रममा विभिन्न कोच तथा प्रतिस्पर्धीहरूबीच सांगीतिक प्रस्तुति पनि भएको थियो, जसमा पूर्व विजेता किरण गजमेरको प्रस्तुति विशेष आकर्षण बन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?