मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ईसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था गम्भीर

काठमाडौँ – ईसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको छ । भ्याटिकन सिटीले विज्ञप्ति मार्फत पोप फ्रान्सिसको दुवै फोक्सोमा निमोनियाँ भएको जानकारी दिएको हो ।

भ्याटिकनले जारी गरेको विज्ञप्तिमा पोपको अवस्था खतरामुक्त नरहेको बताएको छ । ८८ वर्षीय पोप फ्रान्सिसलाई श्वास प्रश्वासको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो ।

शनिबारदेखि उनलाई सास फेर्न गाह्रो भइरहेको बताइएको छ । उनको स्वास्थ्य खराब हुँदै गएको जानकारी दिइएको छ ।  

पोप फ्रान्सिसको रोमस्थित जेमेली अस्पतालमा उपचार भइरहेको छ । पोप प्लेटलेट काउन्ट घटेको र रक्त अल्पता पनि रहेकाले उनलाई रगत पनि चढाइएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?