मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्रिदेशीय महिला टी–ट्वान्टीमा नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँ- त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

महिला टोलीले पहिलो पटक नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छन् । यस्तै श्रृङ्खलाको अर्को टोली थाइल्याण्ड १३औँ स्थानमा छ ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् ।

यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?