काठमाडौँ- एपीएफ क्लब एन्फा राष्ट्रिय लिग २०२४–२५ को फाइनलमा प्रवेश गरेको छ ।
त्रिभुवन आर्मी क्लबमाथि जित हासिल गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एक गोलले पछाडि रहेको स्थितिमा स्ट्राइकर रश्मीकुमारी घिसिङले १० मिनेटमा दुई गोल गर्दा एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
एपीएफले अब फाइनलमा आर्मी र नेपाल पुलिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ १६ गते बुधबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया