काठमाडौँ- आईसीसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ ।
आईसीसी महिला यू–१९ टी–२० विश्वकपको प्लेअफ खेलमा नेपालले घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेको हो ।
शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६ ओभर ५ बलमा अल आउट हुँदै ४५ रनको योगफल तयार पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया