काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक भएको बताएका छन् ।
जय ट्रफी एलिट कपका लागि मधेशमा रहेका लामिछानेले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अम्पायरिङको स्तरमा उल्लेख्य सुधारको महसुस गरेका हुन् ।
उनले भनेका छन् ‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ। यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नु पर्नेछ । हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ।’
खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण रहेको उनको भनाइ छ। उनले यसबारे सम्बन्धित निकायले ध्यान दिने अपेक्षा गरेको जनाएका छन् । उनले आवश्यक सुधारको लागि पहल गर्ने समेत उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया