मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्ट्राइकर इभान आर्सनलमा आउलान त ?

इङ्लिस प्रिमियर लिग क्लब आर्सनल आफ्नो टिम बलियो बनाउने तयारीमा जुटेको छ । जसका लागी आर्सनलले स्ट्राइकर इभान टोनीलाई अनुबन्ध गर्नै इच्छा देखाएको छ । आर्सनलले जनवरीमा ट्रान्सफर विन्डोमा इङ्ल्यान्डका टोनीलाई प्रिमियर लिग प्रतिद्धन्द्धी ब्रेन्टफोर्डबाट भित्र्याउन चाहेको छ ।

चोटले सताएको आर्सनल आफ्नो टोली बलियो बनाउने लक्ष्यमा छ । सन् २०२० मा अर्को इङ्लिस क्लब पिटरबर्ग युनाइटेडबाट ब्रेन्टफोर्ड भित्रिएका टोनीले १ सय ११ प्रिमियर लिग खेलमा ६३ गोल गरेका छन् ।

आर्सनल पछिल्लो समय खेलाडी इन्जुरीको समस्याले ग्रसित छ । त्यसैले लिग उपाधिमा केही कमजोरी नहोस भनेर आर्सनलले नयाँ खेलाडी टिममा भित्राउन खोजिरहेको छ ।

जसका लागि एथ्लेटिकका अनुसार आयाक्सका १७ वर्षिय सेन्टर ब्याकलाई आर्सनलले यो सिजन अनुबन्धका लागि प्रयास गरिरहेको बताएको छ ।

नेदरल्यान्डका स्टार खेलाडी डिभाइन रेन्ज पनि आर्सनलको सुचीमा छन् । त्यस्तै स्पेनिस क्लब रियल सोसिडाडका मिडफिल्डर मार्टिन जुमेहन्दीलाई पनि भित्राउनका लागि आर्सनलले कुरा अघि बढाएको छ ।

प्रिमियर लिग क्लब ब्रेन्ट फर्डका लागि यो सिजन उत्कृष्ट प्रदर्श गरिरहेका इभान टोलीलाई आर्सनलले आफू अनुबन्धको सूचिमा राखेको छ । यदी आर्सनलले अनुबन्ध गर्न चाहेमा टोनी पनि सहमत हुने समाचार एजेन्सी बीबीसीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?