एसिसी यु–१९ महिला एसिया कप, आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

टेस्ट मान्यता प्रापत पाकिस्तानलाइ हराएर नेपालले सुपर ४ मा स्थान बनाएको भोलिपल्ट भारतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु १९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको थियो ।

अब आज नेपालले समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ ।

सुपर ४ को खेल विहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?