मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लिगानेससँग हार्‍यो बार्सिलोना

काठमाडौँ– स्पेनिस ला लिगामा बार्सिलोनाले खराब प्रदर्शन गरेको छ। बार्सिलोना सोमबार बिहान राति भएको खेलमा लिगानेससँग १-० गोलले पराजित भएको हो।

लिगानेसका गोन्जालोजले खेलको चार मिनेटमा गरेको गोल नै बार्सिलोनालाई भारी पर्‍यो। लिगानेसविरूद्ध बार्सिलोनाका कुनै खेलाडीले स्कोर गर्न सकेनन् ।

यो हारसँगै बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमाएको छ। लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १८ खेलमा ३८ अंक छ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ३७ अंक छ।

लिगानेस १७ खेलमा १८ अंक साथ लिगाको पन्ध्रौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?