मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज एनपीएलमा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्स भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजे शुरु हुने खेलखेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ। यो खेललाई अन्य टिमलेसमेत चासोका साथ हेरेका छन्।

जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।

अहिलेसम्मको तालिकामा सुदूरपश्चिम ६ खेल खेल्दा १० अंकका साथ शीर्ष स्थानमा छ। सात खेल खेलिसकेको जनकपुरकोसमेत १० अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ।

चितवन, कर्णाली र काठमाडौं गुर्खाजको समान ८ अंक छ। चितवन र काठमाडौंले सात खेल खेलिसकेका छन् भने कर्णाली आज अन्तिम खेल खेल्दैछ।

आजको खेल नतिजापछि कर्णाली याक्स र काठमाडौंमध्ये एक टिमले प्लेअफमा स्थान पक्का गर्नेछन्। कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?