एनपीएलमा सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनायो ।

जारी एनपीएलमा दुवै टोलीले हालसम्म दुई खेल खेलेका छन् । जसमध्ये सुदूरपश्चिमले दुबै खेल जितेको छ भने लुम्बिनी दुबै खेलमा पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?