काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनायो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे । ४० बलको सामना गरेका उनले एक छक्का र सात चौका प्रहार गरेका थिए । कप्तान कुशल मल्लले २३ रन बनाए ।
कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी, जिशन मकसुदले २ विकेट हात पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया