मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एनपीएल: आजको पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

काठमाडौँ– आज नेपाल प्रिमियर लिग (एनपीएल) को दशौँ र एघारौँ खेल हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा दुवै टोली पहिलोपटक आमनेसामने हुँदैछन् । सो खेल बिहान ९: १५ बजेवाट शुरु हुनेछ ।

जनकपुर बोल्टसँग ८ विकेटले र काठमाडौँ गोर्खाजसँग तीन विकेटले पराजित भएको कर्णालीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ भने पोखरालाई ७२ रनले हराएर आएको चितवन राइनोजलाई दोस्रो खेलमा जीत हासिल गर्न दबाब बढने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जोडे पनि अन्ततः कर्णाली काठमाडौँसँग ३ विकेटमा पराजित भएको थियो ।

आज हुने पहिलो खेलमा चितवनको नेतृत्व कुशल भुर्तेलले गर्दैछन् भने कर्णालीबाट सोमपाल कामीले नेतृत्व गर्नेछन् ।

एनपीएल गत शुक्रवारबाट शुरु भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

चितवन राइनोज

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।

कर्णाली याक्स

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?