काठमाडौँ– आज नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं र नवौं खेल हुँदैछ । आजको पहिलो खेलमा जनकपुर बोल्टस र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय खेल मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् । सो खेल बिहान ९:१५ बजेबाट शुरु हुनेछ ।
जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाइ पराजित गरेको थियो भने पोखरा एभेन्जर्सला चितवन राइनोजले पराजित गरेको थियो । जनकपुर तेस्रो जीतका लागि र पोखरा पहिलो जीतका लागि मैदानमा उत्रदैछन् ।
आज हुने पहिलो खेलमा जनकपुर बोल्टसको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन् ।
एनपीएल गत शुक्रवारवाट शुरु भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
जनकपुर बोल्ट्स
आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया