काठमाडौँ– चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
टीयु अन्तर्राष्टिय मैदानमा जारी खेलमा रवि बोपारको अर्धशतकमा १६१ रन बनाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमायो ।
खेलमा बोपाराले ५१ रन बनाए भने कप्तान कुशल मल्ले २३ बल जोडे । यस्तै खेलमा लुक बेन्केन्सटेइनले १६ र हषन इसाखिलले १४ रन जोडे । शरद भेषवाकरले खेलमा ११ रन जोडे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया