काठमाडौँ- एसीसी यू-१९ एसिया कपमा नेपाल श्रीलंकासँग पारजित भएको छ । यूएईमा भएको खेलमा नेपाल ५५ रनले पराजित भयो । आजबाट शुरु भएको प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाले नेपाललाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।
टस जितेर नेपालले पहिले फिल्डिङ गरेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४६ ओभर २ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ७८ रनमात्र बनायो ।
आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया