मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

काठमाडौँ- एसीसी यू-१९ एसिया कपमा नेपालले श्रीलंकाको सामना गरिरहेको छ । यूएईमा आजबाट शुरु भएको प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाले नेपाललाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालले पहिले फिल्डिङ गरेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनायो । श्रीलंकाका लागि सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए ।

त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाए । नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले समान १ विकेट लिए ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?