काठमाडौँ- युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलको विजय शृङ्खला कायम नै राखेको छ। लिभरपुलले बुधबार राति भएको खेलमा रियल म्याड्रिडलाई २–० ले हरायो। यस अघि यी दुई टोलीको ८ खेलमा लिभरपुल जित हात पार्न असमर्थ भएको थियो।
यीमध्ये दुई भेट च्याम्पियन्स लिग फुटबलको फाइनलमा नै भएको थियो। सो खेलमा दुवै टोलीका स्टार लिभरपुलका मोहम्मद सलाह र रियल म्याड्रिडका केलिएन एम्बाप्पे पेनाल्टीमा गोल गर्न चुके।
एनफिल्डको घरेलु भूमिमा भएको खेलको ५२ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस लगत्तै एन्टी रोबर्टसनले लुकास र्भाक्युजमाथि फल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न एम्बाप्पे चुकेका हुन। उनको प्रहारलाई विपक्षी गोलरक्षक कोहिम केलरले बचाए।
त्यसपछि सलाहले पनि पाएको पेनाल्टी अवसरलाई गोल पोस्ट भन्दा बाहिर प्रहार गरेर खेर फालेका थिए। खेल सकिन १४ मिनेट बाँकी रहँदा रोबर्टसनको क्रसमा वैकल्पिक खेलाडी कोडी गाक्पोले लिभरपुलका लागि अर्को गोल गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया