काठमाडौँ- युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा ३ गोलको अग्रता जोगाउन नसकेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । तीन गोलले पछाडि परेको फियुनार्डसँग सिटी ३-३ गोलको बराबरीमा रोकिएको हो । एर्लिङ हलान्डको २ तथा इल्के गुर्डोगानको एक गोलमा सिटी ५३ औं मिनेटसम्म तीन गोलले अघि थियो ।
हारको नजिक पुगिसकेको डच टोली फियुनार्डलाई कम ब्याक गराउने क्रममा सिटीको रक्षापक्तिको गल्तीको पाइदा उठाउँदै ७५ औँ मिनेटमा हाडजी मोउसाले पहिलो गोल गरे । वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका स्यान्टियागो गिमेनेजले ८२ औँ मिनेटमा छातीले बललाई नियन्त्रणमा लिँदै आकर्षक गोल गरेका थिए ।
८९ औँ मिनेटमा डेभिड हान्कोले गोल गर्दै फियुनार्डलाई महत्त्वपूर्ण खेलमा एक अङ्क दिलाए । गएको ४ साता सिटीका लागि अत्यन्त खराब भएको छ। इएफएल कपबाट बाहिरिएको सिटी यसैबीचमा प्रिमियरसिपका तीन खेलमा पराजित भयो । साथै च्याम्पियन्स लिगका २ खेलमा १ अङ्क मात्र बटुल्न सफल भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया