काठमाडौँ- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा अल नासरले एसियन च्याम्पियन्स लिगमा अल घाराफालाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा अल नासरले अल घाराफालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
कतारको अल बैत रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ शुरु हुनेबित्तिकै रोनाल्डोले ४६ औँ मिनेटमा गोल गरेर नासरलाई अग्रता दिलाए । खेलको ५८ औँ मिनेटमा एन्जेलो ग्याब्रियलले दोस्रो गोल गरे ।
रोनाल्डोले ६४ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । खेलको ७५ औँ मिनेटमा जोसेलुले घाराफाका लागि सान्त्वना गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया