काठमाडौं– स्पानिस ला लिगामा रियल मड्रिडले लेगानेसलाई ३–० ले पराजित गरेको छ । लेगानेसको मैदानमा भएको खेलमा रियलका लागि केलिएन एमबाप्पे, फेडेरिको भलभर्डे र जुड बेलिङघहमले गोल गरे ।
खेलको ४३औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । भलभर्डेले ६६औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८५ औँ मिनेटमा बेलिङघहमले गोल गर्दै रियललाई सहज जित दिलाउन सहयोग गरे ।
यस जितसँगै एट्लेटिको मड्रिडलाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लेको छ ।
जितपछि १३ खेलबाट ३० अंक जोडेको दोस्रो स्थानमा उक्लेको छ । रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ४ मा झारेको छ । रियलले अझै एक खेल कम खेलेको छ । १४ खेलबाट बार्सिलोनाको ३४ अंक छ । समान खेलबाट २९ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया