काठमाडौँ- प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी टोटनहाम हटस्पर्ससँग ४-० ले पराजित भएको छ । सिटीको यो लगातार पाचौँ हार हो । सन् २००६ पछि क्लबका लागि यति लामो पराजयको शृङ्खला समेत पहिलो पटक हो ।
टोटनहामलाई जित दिलाउने क्रममा जेम्स मेडिसनले दुई गोल गरे। मेडिसनले १३ औँ र २० औँ मिनेटमा गोल गरे । टोटनहामका लागि पेड्रो पोरोले ५२ औँ मिनेटमा तेस्रो गोल गरे भने खेलको अन्तिम मिनेटमा ब्रेनान जोन्सनले अर्को गोल थपे।
सन् २००३ मा आर्सनलसँग ५-१ ले पराजयको सामना गरे यता सिटीको यो सबै भन्दा खराब प्रदर्शन हो । पराजित सिटी १२ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा छ। टोटनहाम १९ अंकसहित छैठौं स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया