मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिण अफ्रिकाविरुद्धको टी–२० भारतले जित्यो

काठमाडौँ- सञ्जु सामसन र तिलक बर्मा दुवैले शतक प्रहार गरेपछि भारतले दक्षिण अफ्रिकाविरुद्धको टी–२० मा कीर्तिमानी जीत हासिल गरेको छ । दक्षिण अफ्रिकाको जोहान्नेसबर्गमा भएको चौथो तथा अन्तिम खेलमा दुवै ब्याटरले शतक प्रहार गरेपछि भारतले १३५ रनको जित हासिल गर्‍यो ।

भारतले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १० बल बाँकी रहँदै १ सय ४८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका ट्रिस्टियन स्टब्सले ४३ तथा डेभिड मिलरले ३६ रन बनाउनुबाहेक अन्य खेलाडीले खासै प्रभाव राख्न सकेनन् । मार्को जोन्सनले १२ बलमा २९ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत सुरुवातदेखि नै आक्रामक भएको थियो । अभिषेक शर्मा १८ बलमा ३६ रन बनाएपछि आउट भए पनि सञ्जु सामसन र तिलक बर्माले आक्रमण जारी राखेका थिए । म्यान अफ द म्याच समेत घोषित बर्माले ४७ बलमा १२० रन प्रहार गर्दै शतक पूरा गरे । सामसनले ५६ बलमा १०९ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?