मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोनाल्डोले दुई गोल गर्दा पोल्याण्डविरुद्ध पोर्चुगल ५-१ ले विजयी

काठमाडौँ- पोर्चुगलले यूएफा नेसन्स लिगमा पोल्याण्डविरुद्ध फराकिलो जित हासिल गरेको छ । शुक्रबार राति पोर्चुगलको पोर्तोमा सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ५-१ गोलअन्तरले पराजित गर्‍यो । यससँगै पोर्चुगल क्‍वाटरफाइनलमा पुगेको छ ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । उनले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा र ८७ मिनेटमा गोल गरे । त्यसैगरी पोर्चुगलका रफायल लेया‍ओले ५९ औँ मिनेटमा, ब्रुनो फर्नान्डेसले ८० औँ र पेड्रो नेटोले ८३ औँ मिनेटमा गोल गरे ।

पोल्याण्डका डोमिनिक मार्क्जुकले ८८ औँ मिनेटमा सान्त्वना गोल फर्काए । जितसँगै पोर्चुगल समूह १ को शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?