मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिश्मा गुरुङले एकै ओभरमा लिइन् तीन विकेट, यूएई संकटमा

काठमाडौँ- आईसीसी यू–१९ महिला टी २० विश्वकप छनौट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अहिले नेपालले यूएईको सामना गरिरहेको छ । यूएईको अजमनस्थित द सेभेन्स रंगशालामा जारी खेलमा नेपालकी क्रिश्मा गुरुङले एकै ओभरमा तीन विकेट लिएकी छिन् ।

खेलको १८ औँ ओभरको दोस्रो, चौथो र अन्तिम बलमा विकेट लिएकी हुन् । ओभरको दोस्रो बलमा समइरा धरनीधरका आउट भइन् । आउट हुनुअघि उनले ४८ बलमा ३१ रन बनाइन् । त्यसैगरी ओभरको चौथो बलमा अल मशिरा जहाँगीर गोल्डेन डक भइन् । ओभरको अन्तिम बलमा रिसिथा रन्जितले पनि कुनै खाता नखोल्दै आउट भइन् ।

यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले अहिले फिल्डिङ गरिरहेको छ । छनौट प्रतियोगिताको अंक तालिकामा यूएई र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

प्रतियोगितामा दुबै टिमले समान ५ खेल खेलेका छन् । जसमध्ये यूएईले सबै खेल जितेको छ भने नेपालले एक खेल हारेको छ । प्रतियोगितामा नेपाल र यूएईसहित थाइल्याण्ड र कुवेत पनि रहेका छन् ।

विश्वकपमा छनौट हुन नेपालले आज जित्नैपर्ने दबाब छ । अंक तालिकाको शीर्ष स्थानमा पुगे नेपालले अर्को वर्ष मलेशियामा आयोजना हुने विश्वकप आईसीसी यू–१९ महिला टी २० विश्वकपमा सहभागी हुने छ ।

विश्वकपमा आयोजक मलेशियासँगै अस्ट्रेलिया, बंगलादेश, इङ्ल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इण्डिज, नाइजेरिया, सामोवा, स्कटल्याण्ड र अमेरिका छनौट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?