काठमाडौँ- आईसीसी यू–१९ महिला टी २० विश्वकप छनौट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अहिले नेपालले यूएईको सामना गरिरहेको छ । यूएईको अजमनस्थित द सेभेन्स रंगशालामा जारी खेलमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।
खेलको १० औँ ओभरको अन्त्यसम्म यूएईले २ विकेट गुमाएर ४४ रन बनाएको छ । अहिले क्रिजमा रहेका समइरा धरनिधरका २७ बलमा १९ रन बनाएकी छिन् । त्यसैगरी, रिनिथा रन्जितले ८ बलमा १० रन बनाएकी छिन् ।
त्यसअघि लावण्य केनीले १७ बलमा १० रन बनाएर र एमिली थोमस ८ बलमा कुनै रन नजोड्दै आउट भइसकेका छन् ।
नेपालका क्रिश्मा गुरुङ र रचना चौधरीले समान एक विकेट लिएका छन् ।
छनौट प्रतियोगिताको अंक तालिकामा यूएई र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । प्रतियोगितामा दुबै टिमले समान ५ खेल खेलेका छन् ।
जसमध्ये यूएईले सबै खेल जितेको छ भने नेपालले एक खेल हारेको छ । प्रतियोगितामा नेपाल र यूएईसहित थाइल्याण्ड र कुवेत पनि रहेका छन् ।
विश्वकपमा छनौट हुन नेपालले आज जित्नैपर्ने दबाब छ । अंक तालिकाको शीर्ष स्थानमा पुगे नेपालले अर्को वर्ष मलेशियामा आयोजना हुने विश्वकप आईसीसी यू–१९ महिला टी २० विश्वकपमा सहभागी हुने छ ।
विश्वकपमा आयोजक मलेशियासँगै अस्ट्रेलिया, बंगलादेश, इङ्ल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इण्डिज, नाइजेरिया, सामोवा, स्कटल्याण्ड र अमेरिका छनौट भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया