मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ – मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख बराबरको कारोबार भएको थियो ।

आज गुँरास लाघुवित्त र मेन्छीयाम हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज गुडविल फाइनान्सको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी गुडविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार बराबरको कारोबार भएको छ भने आँखु खोला जलविद्युतको सबैभन्दा बढी ११ लाख ९८ हजार ६४० कित्ता शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?