काठमाडौं- साउदी अरबलाई पराजित गर्दै दक्षिण कोरिया एएफसी एसियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दक्षिण कोरियाले साउदी अरबलाई टाईब्रेकरमा ४–२ गोलले पराजित ग¥यो ।
निर्धारित समयमा दुबै टिमले १–१ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुबै टिमले गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुट आउटमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी भएको हो ।
खेलको ४६औँ मिनेटमा साउदी अरबका अब्दुल्लाह रादिफले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको इन्जुरी समयमा दक्षिण कोरियाका चो गुए संगले गोल गरेपछि खेल बराबरी हुन पुग्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया