काठमाडौँ – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पोर्चुगलको क्लब स्पोर्टिङ्ग सिपीसँग स्तब्ध भएको छ ।
गएराती सम्पन्न युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी स्पोर्टिङ्ग सिपिसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।
स्पोर्टिङ्ग सिपिको जितमा भिक्टोर गिओकेरेजले ह्याट्रिक गरेका थिए भने म्याक्सीमिलियानोले एक गोल गरेका थिए । त्यस्तै सिटीका लागि एक गोल फिल फोडेनले गरेका थिए ।
यो जितपछि स्पोर्टिङ्ग सिपी ४ खेलमा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने म्यानचेस्टर सिटीको ४ खेलमा ७ अंक रहेको छ र लिगमा छैटौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया