मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिप

टुँडीखेलसहित यी तीन स्थानबाट नि:शुल्क फाइनल खेल हेर्न पाइने

काठमाडौँ – काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिपको आज हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेल देखाउने व्यवस्था गरेको छ ।

महानगरले फाइनल खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन रहेकोले टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र सानो गौचरण (हाँडीगाउँ)मा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका छन् ।

महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरूलाई अनुरोध समेत गरेको छ ।

त्यस्तै दशरथ रंगशालामा आज हुने खेल हेर्न जाने दर्शकलाई रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाई, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेलमेट लान निषेध गरिएको छ ।

एन्फाका अनुसार अनुमति विना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा , कुनै पनि प्रकारका लागुऔषध, छाता, लिपस्टिक, नेल कटर, कैँची, काइँयो लगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?