मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली महिला यू-१९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने

काठमाडौँ – नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ ‘क्यान’ का अनुसार नेपाली महिला यू-१९ क्रिकेट टिमले भारतको दिल्ली क्रिकेट एसोसियसनको यू(१९ टिमसँग चार अभ्यास खेल खेल्ने भएको हो ।

नेपालले सोमबार, मंगलबार, बुधबार र विहिबार गरी चार अभ्यास खेल दिल्लीस्थित सेन्ट स्टिफेन्स क्रिकेट ग्राउण्डमा खेल्ने भएको क्यानले जानकारी दिएको छ ।

त्यसपछि नेपाली टिम दिल्लीबाटै नोभेम्बर ६ देखि हुने प्रतियोगिताका लागि दुबईतर्फ प्रस्थान गर्ने छ । क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको थियो ।

नेपाली टिममा पुजा महतो ‘कप्तान’, सोनी पाख्रिन ‘उपकप्तान’, अलिशा यादव ‘विकेटकिपर’, मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाइल्याण्डविरुद्ध खेल्दै छ भने दोस्रो खेल नोभेम्बर ७ मा कुवेतविरुद्ध, नोभेम्बर ९ मा युएईविरुद्ध, नोभेम्बर १० मा फेरी थाइल्याण्डविरुद्ध, नोभेम्बर १२ मा फेरी कुवेतविरुद्ध र नोभेम्बर १३ मा फेरी युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?