काठमाडौँ – जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।
नेपालले खेलमा केहि गोल गर्ने अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । तर पहिलो हाफको धेरै जसो समय नेपालले भारतमाथि दबाब बनाएको थियो । भारतले खेलको शुरुमै आक्रामक शुरुवात गरेपनि गोलमा परिणत भने गर्न सकेन ।
आजको यस खेलको विजेताले बुधबार हुने फाइनल खेलमा बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७(१ गोल अन्तरले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया