मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेबलटेनिसमा नेपालद्धारा साउदी अरबिया पराजित

काठमाडौँ – बहराइनको मानामामा जारी आइएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला ‘टिम इभेन्ट’मा साउदी अरबियालाई पराजित गरेको छ ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीहल ‘बी’ मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित ग¥यो ।

जीतसँगै नेपालले सोमबार ९ देखि ११औँ स्थानका लागि युगान्डा वानसँग खेल्नेछ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउनेछ । नतिजा अनुकूल नआएमा नेपाल ११औँ स्थानमा रहनेछ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङ्ल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङ्ल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईसँग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।

महिलामा नेपालले सिङ्गल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्नेछ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिङ्गल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?