मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पञ्चकन्या र चुलाचुली सेमिफाइनलमा प्रवेश

खाँदबारी ‘सङ्खुवासभा’ – सङ्खुवासभाको खाँदबारीमा जारी नौ अरुण भ्याली फुटबल प्रतियोगितामा चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले लोहोरुङ क्लबलाई ट्राइब्रेकरमा ३–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट आएको थियो । दोस्रो खेल पञ्चकन्या क्लबले बेलबारी क्लब मोरङलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि क्वाटरफाइनलमा विजयी हुँदै सेकाहा क्लब र सभापोखरी क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । आज हुने सेमिफाइनलमा सेकाहा र चुलाचुली तथा सभापोखरी र पञ्चकन्या क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?