मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एल क्लासिकोमा बार्सिलोनाको शानदार जित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ  ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो  ।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको यो खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको थियो  ।

बार्सिलोनाले दोस्रो हाफमा ४ गोल गर्दै रियल म्याड्रिडलाई दबाबमा राखेको थियो  । जितको क्रममा बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने लामिन यमल र राफिन्हाले एक एक गोल गरेका थिए  ।

यो जितपछि ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथि ६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ  । बार्सिलोनाको ११ खेलमा ३० अंक भएको छ भने रियल म्याड्रिडको ११ खेलमा २४ अंक रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?