मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कीर्तिमानी आरोही पुर्जालाई काठमाडौँमा गरियो भव्य स्वागत

काठमाडौँ– सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुई पटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल पुर्जालाई विभिन्न संघ संस्था लगायतले काठमाडौंमा स्वागत गरेका हुन् ।

पुर्जालाई त्रिभुवन विमानस्थलबाट स्वागत र्‍याली सहित काठमाडौंको बौद्धमा पुराइएको थियो । बौद्धमा सञ्चारकर्मीसंग कुरा गर्दै हिमाल आरोही निर्मल पुर्जाले देशको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताए ।

उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने आफू विश्वको पहिलो व्यक्ति हुन पाउँदा गौरव महसुस भएको बताए ।

उनले रेकर्डका लागि भन्दा पनि देशको नाम उचो बनाउनका लागि हिमाल आरोहण गरेको जिकिर गरे । पुर्जाले वर्षभर नै आफू विभिन्न हिमालको आरोहणमा व्यस्त रहने बताए ।रियो भव्य स्वागत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?