मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकी क्रिकेटर ट्रोम्प जनकपुरबाट एनपीएल खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुआ ट्रोम्पलाई अनुबन्ध गरेको छ । जनकपुरले जोसुआलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । उनी दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते मेडियम पेस बलर हुन् ।

जनकपुरले यसअघि न्यूजियाल्डका जिम्मी निशामलाई भित्र्याएको थियो । जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ । 

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
 
लुम्बिनी लाइन्स

– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

जनकपुर बोल्ट्स

– न्यूजील्याण्डका जिम्मी निशाम
– अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स 

– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
 

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
– पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

– ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

– पाकिस्तानका अल राउण्डर हुसैन टलात

चितवन राइनोज

– दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?