मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेलिक्सको दुई गोलमा चेल्सी विजयी

काठमाडौँ – चेल्सीले युइएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जोआओ फेलिक्सले २ गोल गरेका थिए भने मिखाइलो मुड्रीक र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरेका थिए ।

चेल्सीको युरोपा लिगमा यो लगातार दोस्रो जित हो । यो जितपछि चेल्सी २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी पानाथिनाइकोसको २ खेलमा एक अंक रहेको छ र लिगमा २९औ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?