मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिपमा आज भारत र बङ्गलादेश भिड्दै

काठमाडौँ – जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भारत र बङ्गलादेश आमने सामने हुँदै छन् ।

दशरथ रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

समूह ए अन्तर्गतको यो खेल बङ्गलादेशका लागि महत्त्वपूर्ण रहेको छ । भारत यस समूहबाट सेमिफाइनलमा पुगिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेपछि सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

त्यस्तै आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको बङ्गलादेश भारतसँग २ भन्दा बढी गोल अन्तरले पराजित नभएमा पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

अहिले शून्य गोल अन्तरसहित एक अंक हासिल गरेको बङ्गलादेश दोस्रो स्थानमा छ भने -३ गोल अन्तरसहित एक अंक हासिल गरेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

बङ्गलादेश पाकिस्तानसँग १-१ गोलले बराबरीमा रोकिएका थिए भने भारतले पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?