मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान सञ्चालन गर्ने

काठमाडौँ – रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ । रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले पोलियो उन्मूलनका लागि जनचेतना फेलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

अभियानअन्तर्गत कात्तिक ८ गते बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल ¥याली हुने तय गरिएको छ । सोही दिन साँझ धरहर सन्देशहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

“नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी छैनन् । तर हामी सधैँ सचेत बनिरहनुपर्छ । पछिल्लो समय काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएको समाचार प्रकाशित भएको थियो । यस कारण पनि हामी सधैँ सचेत भइरहनुपर्छ”, गभर्नर शाक्यले भने ।

उनले पोलियो उन्मूलनका लागि पाँच वर्ष मुनिका सबै बालबालिकालाई नछुटाइ पोलियोविरुद्धको खोप लगाउन अति जरूरी रहेको उल्लेख गरे । पोलियो खोप अभियानका लागि रोटरीले इन्टरनेशनलले नेपाल सरकारसँग सहकार्य गर्दै आइरहेको छ ।

रोटरीले पोलियो उन्मूलन अभियानसहित सात वटा क्षेत्रमा सामाजिक काम केन्द्रित गर्दै आइरहेको छ । त्यसमध्ये एक महत्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्रको पोलियो विशेष कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको हो । विश्वबाट नै पोलियो भाइरस उन्मूलन गर्न रोटरीले सुरुवाती समयदेखि नै प्रभावकारी रुपमा काम गर्दै आइरहेको दाबी गरेको छ ।

सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् । साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ ।

नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?