मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्कटल्याण्डका ब्याटिङ अलराउन्डर म्याकुलेन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा फ्रेन्चाइजीहरुले विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।

यसैक्रममा सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको हो ।

सुदूरपश्चिमले पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा २५ वर्षीय म्याकुलेनसँग सम्झौता गरेको जानकारी दिएको छ ।

स्कटल्याण्डका लागि १६ टी-२० खेलेका म्याकुलेनले ६ अर्धशतकसहित ३८.२३ को औसतमा ४९७ रन बनाएका छन् । उनको स्ट्राइकरेट १४८.८० रहेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अस्ट्रेलियाका पूर्वखेलाडी ब्राड हजलाई मेन्टरको रूपमा यसअघि नै अनुबन्ध गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?