मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड

काठमाडौँ – सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर ‘अफ द सिरिज’ बनेका छन् ।

३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्‍याएका थिए । 

सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट लिँदै नेपालको जितको आधार तयार गरेका थिए । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा सोमपालले ३ विकेट लिएका थिए ।

तेस्रो खेलमा अर्धशतक बनाएका आसिफ सेख प्लेयर अफ द म्याच बनेका छन् । तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?