मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य

काठमाडौँ –अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको हो ।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

सिरिजमा नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?