मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वोल्भ्समाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ९५औँ मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरेका थिए । यस अघि १-० गोलले पछि परेको सिटीलाई ३३औँ मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि जोर्गेन स्ट्रान्ड लार्सेनले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ८ खेलमा २० अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी वोल्भ्सको भने यो यस सिजनमा ८ खेलमा सातौं हार हो । केवल एक अंक रहेको वोल्भ्स अंक तालिकामा पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?