मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्यूजील्याण्डसँग पहिलो टेस्टमा घरेलु मैदानमा हार्‍यो भारत

काठमाडौँ – न्यूजील्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ ।

खेलको पाँचौँ दिन न्यूजील्याण्डले पाएको १०७ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गर्दै खेल ८ विकेटले जितेको हो ।

न्यूजील्याण्डले भारतलाई उसको घरेलु मैदानमा करिब ३६ वर्षपछि पराजित गरेको हो । त्यस्तै पछिल्लो १० वर्षमा भारतलाई घरेलु मैदानमा पराजित गर्ने न्यूजील्याण्ड तेस्रो देश बनेको छ ।

यस टेस्टमा भारत पहिलो इनिङमा ४६ रनमा समेटिएको थियो भने न्यूजील्याण्डले पहिलो इनिङमा ४०२ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिङमा ४६२ रन बनाएर खेलमा हाबी हुने प्रयास गरेको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्ड १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २४ देखि पुणेमा हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?