मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिला टी-२० विश्वकपको उपाधिका लागि आज दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्दै

काठमाडौँ – आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्दै छन् । आज हुने फाइनल खेल दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।  

न्यूजील्याण्डले वेस्ट इण्डिजलाई दोस्रो सेमिफाइनलमा ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । न्यूजील्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रिकाको फाइनलको यात्रा पनि रोमाञ्चक रहेको छ । ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

२०२३ को विश्वकपमा फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको दक्षिण अफ्रिकाले त्यसको बदला लिँदै यस पटक भने अस्ट्रेलियालाई बाहिर गर्दै फाइनल खेल्दै छ ।

यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् ।  

असोज १७ गतेदेखि शुरु भएको आइसीसी महिला टी-२० विश्वकपमा दक्षिण अफ्रिका र न्यूजील्याण्डसहित १० देशले भाग लिएका थिए । प्रतियोगिताको प्रबल दाबेदार मानिएको भारत र इङल्याण्ड समूह चरणबाटै बाहिरिएका थिए भने ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलबाटै बाहिरिएको थियो । 

विश्वकपको समूह ए मा अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् भने समूह बी मा बंगलादेश, ईङल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका थिए । 

यो पल्ट  महिला टी-२० विश्वकपमा पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने आईसीसीले बताएको छ ।

जसअनुसार विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समूह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ ।

त्यस्तै समूह चरणबाट बाहिरिने हरेक देशले एक लाख १२ हजार ५०० डलर पाउने आईसीसीले जन्माएको छ । १० देश सहभागी विश्वकपमा पाँचौं स्थानदेखि आठौँ स्थानसम्म रहने देशले २ लाख ७० हजार डलर प्राप्त गर्ने छन् । 

नवौं र दशौँ स्थानमा रहने देशले एक लाख ३५ हजार डलर पाउने भएका छन् ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?