मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिपमा आज बङ्गलादेश र पाकिस्तान खेल्दै

काठमाडौँ – जारी साफ महिला च्याम्पियनसिपमा आज बङ्गलादेश र पाकिस्तानबीच खेल हुँदै छ । समूह ए मा रहेका पाकिस्तान र बङ्गलादेशबीचको यो खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा पाकिस्तानले पहिलो खेलमा भारतसँग ५-२ गोल अन्तरले हार बेहोरेको छ भने डिफेन्डिङ च्याम्पियन बङ्गलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।

पाकिस्तानका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौडबाट बाहिरिने सम्भावना रहेको छ ।

यस अघि सम्पन्न ६ साफ महिला च्याम्पियनसिपमा भारतले पाँच पटक उपाधि जितेको छ भने पछिल्लो पटक बङ्गलादेशले यो उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?