मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको युनाइटेडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र रासमस होजलण्डले एक एक गोल गरेका थिए ।  त्यसैगरी ब्रेन्टफोर्डका लागि इथान पिनोकले एक गोल गरेका थिए ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो जित हो । यो जितपछि ८ खेलमा ११ अंकसहित म्यानचेस्टर युनाइटेड १०औँ स्थानमा रहेको छ ।

त्यसैगरी ब्रेन्टफोर्डको भने ८ खेलमा १० अंक रहेको छ र लिगमा १२औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?